आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ स्थित बरादीबाट अवैध लागुऔषध १ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएका प्रहरी टोलीले पृथ्वी राजमार्ग सडक–खण्डमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा आँबुखैरेनी तर्फबाट डुम्रे तर्फ जाँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा पक्राउ बुधबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा जितपुर उप–महानगरपालिका वडा नं. ७ बाराका बर्ष २२ को अमदज मिया रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार निजको साथबाट लुकाई छिपाई ल्याएको अवैध लागु औषध नाइट्राभेट–१० लेखिएको ६५ ट्याब्लेट बरामद गरिएको छ ।
पक्राउ परेका मियालाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।