चितवन । चितवनमा पनि घले समुदायले भरतपुरमा घले ल्होसार धुमधामले मनाइएको छ । घले समुदायको महान पर्व ल्होसारको अवसरमा भरतपुर महानगरपालिका–२० स्थित भिमनगरमा जिल्ला भरका घले समुदाय एकैठाउँमा जम्मा भै विभिन्न कार्यक्रम गरी घले ल्होसार मनाईएको हो ।
घले समाज चितवनका अध्यक्ष चित्र बहादुर घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिका अलावा अतिथिको रुपमा उपस्थित भएका तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनका अध्यक्ष बिमला गुरुङ, तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरुङ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

घले समुदायले हरेक बर्षको माघ १ गतेलाई ल्होसरका रुपमा मनाउने गर्छ । विरालु वर्गको अन्त्य र गरुड बर्गको आरम्भ भएको महान अवसरमा बोल्दै प्रमुख अतिथि भरतपुरका उपमेयर चित्रसेन अधिकारीले चितवनका घले समुदायलाई आफ्नै भवन बनाउन र जग्गा व्यवस्थापनमा सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।