Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बागमतीमा सरकारविरुद्ध एमाले सशक्त रुपमा प्रस्तुत हुने

बागमतीमा सरकारविरुद्ध एमाले सशक्त रुपमा प्रस्तुत हुने

बागमतीमा सरकारविरुद्ध एमाले सशक्त रुपमा प्रस्तुत हुने
images

मकवानपुर । बागमती प्रदेश सरकारप्रति सशक्त रूपमा प्रस्तुत हुनुपर्ने नेकपा एमालेका सांसदहरूले माग गरेका छन् । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा सांसदहरूले सरकार गलत दिशा तर्फ अग्रसर भइरहेकाले प्रतिपक्ष दलले सशक्त भूमिका निर्वाह गर्नुपर्ने माग गरेका हुन् ।

images
images

प्रदेश सरकारको काम कारबाही र रवैया नागरिकको हितविपरीत रहेको भन्दै एमाले आफ्नो भूमिका सशक्त रूपमा उठाउनु पर्ने सांसदहरूको भनाई छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा हेटौँडामा बसेको बैठकमा अधिकांश सदस्यले सरकार प्रति प्रतिपक्षको व्यवहार आवश्यक भन्दा लचिलो भएको सांसदहरू टिप्पणी गरेका हुन् । सरकारले पेलेर अघि बढ्ने नीति लिएको भन्दै सो विरुद्धमा एमालेले आफ्नो भूमिकालाई जिम्मेवार र सशक्त बनाएर जनता प्रति उत्तरदायी बन्नुपर्ने उनीहरूको भनाई छ ।

‘प्रतिपक्ष सरकार जस्तो लचिलो बनिरहेको छ । सरकार चाहिँ प्रतिपक्ष जस्तो कडा भएर अघि बढिरहेको छ,’ उनीहरूले भने, ‘एमालेले सरकारलाई हदैसम्म लचिलो बनेर सहयोग गरिरहेको छ । तर, सरकारले त्यसलाई जिम्मेवार ढङ्गबाट बुझ्न सकेन । हामीले हाम्रो भूमिका सशक्त बनाउन जरुरी छ ।’

बैठकमा बोल्दै प्रदेशसभा सदस्य एवम् एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जनताको आवश्यकता परिपूर्ति गर्ने र समानुपातिक तथा समतामूलक विकासका लागि एमालेले सशक्त प्रतिपक्षको भूमिका जिम्मेवार ढङ्गबाट निर्वाह गर्नुपर्ने बताए । उनले नागरिकको हक अधिकार र हितका लागि एमालेले आफ्नो भूमिका प्रतिपक्षबाट निर्वाह गर्नुपर्ने बताए ।

images
प्रकाशित मिति :माघ ३, २०८० बुधवार - १०:०८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology