Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

धादिङको थाक्रेमा रोकि राखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

धादिङको थाक्रेमा रोकि राखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

images

इच्छाकामना न्युज

१९, माघ २०७७
धादिङको थाक्रेमा रोकि राखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु
images

धादिङ, १९ माघ
धादिङमा रोकि राखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको को थाक्रे गाउँपालिका–२ कोइरालेमा बिग्रिएर सडक छेउमा रोकेर राखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा त्यही दिशाबाट आउँदै गरेको लु २ ख २७० नम्बरको ट्रक ठोक्किँदा  दुई जनाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।
गएराति साढे ३ बजेतिर भएको दुर्घटनामा ज्यान गुमाएका दुई जनाको परिचय  खुलेको छैन । दुर्घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टर ल्याइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
अर्का ट्रक चालक भने सामान्य घाइते  भएका छन् । 

images
प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - १०:०७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology