Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नुवाकोट तारुकामा गोरु जुधाई मेलाको भब्य तयारी, १५ हल गोरु दर्ता !

नुवाकोट तारुकामा गोरु जुधाई मेलाको भब्य तयारी, १५ हल गोरु दर्ता !

images

इच्छाकामना न्युज

२३, पौष २०८०
नुवाकोट तारुकामा गोरु जुधाई मेलाको भब्य तयारी, १५ हल गोरु दर्ता !
images

त्रिशूली । नुवाकोटको तारुकामा यो वर्ष पनि गोरु जुधाई प्रतिस्पर्धालाई निरन्तरता दिनको लागी आवश्यक तयारी अघि बढाइएको छ । तारुका स्थित चन्दनीको पाटोमा जुधाईने गरिएको गोरु जुधाईको प्रतिस्पर्धालाई यो वर्ष वर्ष निरन्तरता दिन लागिएको हो । 

 आवश्यक तयारीको लागी ‘माघेसक्रान्ति गोरु जुधाई संरक्षण सँस्था’को समितिलाई पुनः मदनकुमार श्रेष्ठको अध्यक्षतामा पुर्नगठन गरिएको छ भने गोरु दर्ताको लागी २४ गतेसम्मको समय दिइएको छ ।  

‘माघेसक्रान्ति गोरु जुधाई संरक्षण सँस्था’को पुर्नगठनबाट पनि पनः अध्यक्षमा श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् भने उपाध्यक्षमा राजेशकुमार श्रेष्ठ, सचिवमा विष्णुलाल श्रेष्ठ र कोषाध्यक्षमा अनिता भण्डारी चयन भएका छन् । यस्तै, सदस्यहरुमा कुमार अधिकारी, तोयाप्रसाद ढकाल र कृष्णमान श्रेष्ठ चयन भएका छन् ।  

समितिको पुर्नगठनसगैँ गोरु जुधाई प्रतिस्पर्धामा आफ्नो गोरु दर्ता गर्नको लागी किसानलाई सूचना जारी गरिएको छ । २२ गतेसम्ममा १५ हल गोरु दर्ता भइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।  

माघ १ गते वृहत्त कार्यक्रमको बीच गोरु जुधाई प्रतियोगिताको अवलोकनको लागी जिल्लाबासी सहित देश तथा विदेसमा रहनुभएका महानुभावहरुलाई आह्वान गरिएको छ । तारुकाको गोरु जुधाई अन्तराष्ट्रिय रुपमा चर्चित सहित रोचक समेत भएकाले हजारौको सहभागितामा सञ्चालन हुदै आएको छ । 

 गोरु जुधाई प्रतिस्पर्धालाई गाँउपालिकाको तर्फबाट आवश्यक बजेट सहितको सहयोग रहेको अध्यक्ष शिव अधिकारी अविरलले जानकारी दिए । 

images
प्रकाशित मिति :पौष २३, २०८० सोमवार - ०९:१४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology