Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

बर्थ–डे केकमा गाँजा मिसाएर बिक्री गर्ने युवक पक्राउ

बर्थ–डे केकमा गाँजा मिसाएर बिक्री गर्ने युवक पक्राउ

images

रासस

२२, पौष २०८०
बर्थ–डे केकमा गाँजा मिसाएर बिक्री गर्ने युवक पक्राउ
images

काठमाडौँ । नेपाल प्रहरीले केकभित्र गाँजा राखेर बिक्री वितरण गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले केकमा लागूऔषध गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नं २९ घट्टेकुलो बस्ने २६ वर्षीय विसन मानन्धरलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

व्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक चक्रराज जोशीले केकभित्र गाँजा राखेर अनलाइनमार्फत कारोबार गरेको आरोपमा मानन्धरलाई पक्राउ गरिएको जानकारी दिए । “इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत मानन्धरले ती केक बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुलेको छ,”उनले भने ।

प्रहरीले पक्राउ मानन्धरसँग गाँजाको धुलो एक सय २१ ग्राम, तयारी अवस्थाको केकको झोला एक सय ७८ ग्राम, गाँजा तीन किलोग्राम बरामद गरेको छ । मानन्धरले विगत एक वर्षदेखि यसरी केक बनाएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको व्युरोले जनाएको छ ।

पक्राउ मानन्धरलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको व्युरोका प्रवक्ता जोशीले बताए ।

images
प्रकाशित मिति :पौष २२, २०८० आइतवार - २२:२४:०८ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology