Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बरहथवा घटना : दुई दिनसम्म घटनास्थलमै छ मृतक साहकाे शव

बरहथवा घटना : दुई दिनसम्म घटनास्थलमै छ मृतक साहकाे शव

images

इच्छाकामना न्युज

२२, पौष २०८०
बरहथवा घटना : दुई दिनसम्म घटनास्थलमै छ मृतक साहकाे शव
images

सर्लाही। बरहथवा नगरपालिका– ६ मा निर्माण भएको १५ शय्याको नगर अस्पताल सञ्चालनका विषयमा शुक्रबार दिउँसो भएको आन्दोलनमा प्रहरी गोली लागेर ज्यान गुमाएका युवकको शव दुई दिनसम्म घटनास्थलमै छ । बरहथवा– ६ का २८ वर्षीय जयशंकर साहको शव उठाउने प्रयास गरे पनि स्थानीयको अवरोधका कारण शनिबार रातिसम्म नयाँ रोड–बरहथवा सडकखण्डअन्तर्गत चोर्निया पुलमै छ ।

शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वमा शनिबार राति इलाका प्रहरी कार्यालय बरहथवामा बसेको सुरक्षा समिति, आन्दोलित समूह र मृतकका आफन्तबीच छलफल भए पनि सहमति जुटेन । सिडिओ धमलाका अनुसार बैठक आइतबार बिहान फेरि बस्नेछ ।

पीडित र स्थानीयले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, अस्पतालमा मृतकको सालिक निर्माण गर्नुपर्ने, बरहथवाका मेयर कल्पनाकुमारी कटुवालको राजीनामा र कारबाही हुनुपर्ने, इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी गंगाबहादुर थापालाई निलम्बन गर्नुपर्ने र घटनाका दोषी प्रहरीमाथि कारबाही गर्नुपर्ने माग राखेका छन् । मृतकका भान्जा विवेक साहले आफूहरूले अघि सारेका मागको सुनुवाइ नभएसम्म शव उठाउन नदिने र आन्दोलन थप चर्काउने बताए ।

बरहथवा घटनालाई लिएर शुक्रबार जिल्ला प्रशासनमा बसेको सर्वदलीय बैठकले मृतकको शव व्यवस्थापन गर्ने, गोली चलेको घटनामा प्रहरी दोषी देखिए कारबाही गर्ने, मृतकप्रति समवेदना व्यक्त गर्ने, प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीले घटनास्थलको स्थलगत निरीक्षण गर्ने निर्णय गरेको थियो । तर, स्थानीयले शनिबार पनि निषेधाज्ञाबीच प्रदर्शन जारी राखे । स्थानीयले मृतकको शव घटनास्थलमै राखेर बजार क्षेत्रमा प्रदर्शन गरे राखे । बजार शनिबार पनि बन्द रह्यो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

images
प्रकाशित मिति :पौष २२, २०८० आइतवार - ०८:५७:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology