Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पत्रकार सूर्यप्रसाद अधिकारी आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित

पत्रकार सूर्यप्रसाद अधिकारी आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित

images

इच्छाकामना न्युज

२१, पौष २०८०
पत्रकार सूर्यप्रसाद अधिकारी आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित
images
चितवन। चितवनका अग्रज पत्रकार सूर्यप्रसाद अधिकारी आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । 
 
उद्योग बाणिज्य संघ चितवनको ५७ औं बार्षिक साधारण सभा तथा अविधेशन उद्घाटन समारोहमा अधिकारी ५१ हजार राशीको आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको हो । अधिकारीलाई  अर्थमन्त्री डा प्रकाशशरण महत प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठलगायतले सम्मान गर्नुभएको थियो ।
 
अधिकारीले चितवन जिल्लालाई पत्रकारिताको कर्मथलो बनाएर जिल्लाको कृषि, शिक्षा स्वास्थ्य, पर्यटन लगायतका व्यवसायिक प्रर्वद्धनसँग सम्बन्धित समाचार प्रकाशन गरी जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै सम्मानित गरिएको हो ।
 
चितवनमा रहेर एकदशक भन्दा बढी समयदेखि पत्रकारिता गर्दै आउनुभएका अधिकारीले आर्थिक क्षेत्रलाई प्राथमिकता दिएर कलम चलाउंँदै आउनु भएको छ । अधिकारी आर्थिक अभियान राष्ट्रिय दैनिक र रेडियो नेपालका चितवन संवाददाता हुनुहुन्छ । 

images
प्रकाशित मिति :पौष २१, २०८० शनिवार - २२:४४:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology