Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चितवनको इच्छाकामनामा चेपाङ उत्थान कार्यविधिबारे छलफल तथा अन्तक्र्रिया

चितवनको इच्छाकामनामा चेपाङ उत्थान कार्यविधिबारे छलफल तथा अन्तक्र्रिया

images

इच्छाकामना न्युज

१८, माघ २०७७
चितवनको इच्छाकामनामा चेपाङ उत्थान कार्यविधिबारे छलफल तथा अन्तक्र्रिया
images

इच्छाकामना, १८ माघ
चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले चेपाङ समुदायको आर्थिक सामाजिक विकासको लागि तयार गरेको चेपाङ उत्थान कार्यविधिबारे छलफल तथा अन्तक्र्रिया गरिएको छ । डेक नेपालको सहयोगमा आयोजना गरिएको कार्यक्रममा कार्यविधिको कार्यान्वयन र प्रभावकारिताको विषयमा छलफल गरिएको थियो ।

गाउँपालिकाले चेपाङ समुदायलाई आत्मर्निभर बनाउन सीपमुलक,आयआर्जन,महिला सशक्तिकरण,कृषि तथा पशुपालनको माध्यमबाट रोगजारी सृजना,शिक्षा तर्फ सबै वालवालिकालाई शिक्षा,हरेक वडामा उच्च शिक्षाको कक्षा सञ्चालन लगायत विषय समावेश गरिएको छ । कार्यक्रममा नेपाल चेपाङ संघ वागमती प्रदेश समितिका अध्यक्ष खुशीलाल चेपाङले बास्तविक चेपाङको पहिचान गरी कार्यविधि बनाउन सुझाब दिएका छन । गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले आर्थिक अबस्थामा सुधार गर्दै चेपाङको मानसिक परिर्वतन गर्ने गरी कार्यविधि बनाउन लागेको बताइन ।

कार्यविधिको ड्राफ्ट तयार भइसकेको भन्दै आगामी गाउँसभाबाट पारित गरी कार्यान्वयनमा लैजाने बताइन । कार्यक्रममा डेक नेपालका निर्देशक जनक कार्कीले चेपाङ महिला सशक्तिकरण परियोजना अन्तर्गत स्थानीय निकायको बजेट बाँडफाँड,सामाजिक जवाफदेहीता तथा लैङ्गिक उत्तरदायी बजेट स्थानीयकरण,योजना निर्माण प्रक्रियामा महिलाको सहभागिताको लागि काम गरेको जानकारी दिए ।

नेपाल चेपाङ संघ वागमती प्रदेश समितिका सचिव लक्ष्मण चेपाङ,नेपाल चेपाङ संघका पूर्व महासचिव सन्तबहादुर चेपाङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं २ का अध्यक्ष पञ्च चेपाङ,वडा नं ५ का वडाध्यक्ष भूपेन्द्र चेपाङ,र्सिजनशिल महिला जागरण केन्द्र मुग्लिनकी अध्यक्ष सावित्री पुडासैनी,अगुवा चेपाङ महिला पैरवी मञ्च तथा स्थानीय श्रोत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - १९:३७:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology