काठमाण्डौं, १८ माघ ।
पछिल्लो २४ घण्टामा देशभर थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका १ सय ५ जनासहित देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९ सय ५९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ८८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६६ हजार तीन सय ३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप दुई जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म दुई हजार २९ जनाकाे ज्यान गएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।