Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

उद्योग वाणिज्य संघ चितवनको निर्वाचन : अध्यक्षसहित १८ पदमा निर्वाचन हुँदै, सात जना निर्विरोध

उद्योग वाणिज्य संघ चितवनको निर्वाचन : अध्यक्षसहित १८ पदमा निर्वाचन हुँदै, सात जना निर्विरोध

images

इच्छाकामना न्युज

१८, पौष २०८०
उद्योग वाणिज्य संघ चितवनको निर्वाचन : अध्यक्षसहित १८ पदमा निर्वाचन हुँदै, सात जना निर्विरोध
images

चितवन । उद्योगी व्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारण सभा तथा अधिवेशन पुस २१ गतेदेखि २३ गतेसम्म हुँदै छ । संघको आगामी २०८०/८२ कार्यकालको लागि अधिवेशन हुन लागेको हो । अधिवेशनबाट २५ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित हुने छ ।

संघको अध्यक्षसहित १८ पदमा निर्वाचन हुँदै छ भने सात जना निर्विरोध भएका छन् । संघको प्रमुख निर्वाचन अधिकृत एवम् अधिवक्ता राजकुमार श्रेष्ठका अनुसार सात जना कार्यसमिति सदस्य निर्विरोध भएका हुन् ।

कार्यसमिति सदस्य क्षेत्रीय संघतर्फ मणिरत्न शाक्य, कार्यसमिति सदस्य (कर्पाेरेटतर्फ) अमित कौडेल, राजकुमार कानु र कार्यसमिति सदस्य (वस्तुगततर्फ) दिपक काफ्ले, नरेश खनाल, विष्णु लम्साल र शंकर प्रसाद घिमिरे निर्विरोध भएका हुन् ।

संघको अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र तृतीय उपाध्यक्ष सिरिष पन्तले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । त्यसैगरी, एक जना वरिष्ठ उपाध्यक्षको लागि चिरञ्जिवी सुवेदी र राजन पिया, एक जना उपाध्यक्ष (उद्योगतर्फ)को लागि अशोक अधिकारी र थिरप्रसाद धिताल र एक जना उपाध्यक्ष (वाणिज्यतर्फ) रजनी मास्के र राजेन्द्र ओलीको उमेदवारी परेको छ ।

एक जना उपाध्यक्ष (कर्पाेरेट/वस्तुगततर्फ) जनक पौडेल र नारायण प्रधान, एक जना महिला कार्यसमिति सदस्यको लागि अस्मिता तिमिल्सिना र योगिता पियाको उमेदवारी परेको प्रमुख निर्वाचन अधिकृतले बताए ।

कार्यसमिति सदस्य (उद्योगतर्फ) छ जनाको लागि १२ जनाको उमेदवारी परेको छ । अशोक श्रेष्ठ, ईमान्दु बराल, उपेन्द्र पण्डित, धनप्रसाद पोखरेल, पूर्णिमा जोशी श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, महेश अधिकारी, रुद्र सुवेदी, लिलबहादुर क्षेत्री, शंकर अधिकारी, हिम्मत पुरी र हेमराज सिग्देलले उम्मेदवारी दिएका हुन् ।

कार्यसमिति सदस्य (वाणिज्यतर्फ) छ जनाको लागि सात जनाको उमेदवारी परेको छ । कृष्णबहादुर केसी, गुणराज पौडेल, दाताराम घिमिरे, दिपा शाही, श्रीकृष्ण लम्साल, सन्तोषजनक भुषाल र सुनिता लिगल कर्माचार्यको उम्मेदवारी परेको हो ।

images
प्रकाशित मिति :पौष १८, २०८० बुधवार - ०८:४४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology