Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शिक्षा क्षेत्रका दानवीर: जसले १ करोड ३९ लाख निजी खर्चमा विद्यालयको भवन बनाइदिए

शिक्षा क्षेत्रका दानवीर: जसले १ करोड ३९ लाख निजी खर्चमा विद्यालयको भवन बनाइदिए

रासस

१०, पौष २०८०
शिक्षा क्षेत्रका दानवीर: जसले १ करोड ३९ लाख निजी खर्चमा विद्यालयको भवन बनाइदिए
images

भोजपुर। लाहुरमा कमाएको धेरै रकम खर्चेर भोजपुरका समाजसेवी कृष्णबहादुर राईले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालयमा भवन निर्माण गरिदिएका छन्। 

images
images

पौवादुङ्मा गाउँपालिका–२ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि १ करोड ३९ लाखको लगानीमा राईले भवन निर्माण गरिदिएका हुन्।  विद्यालयको नयाँ ६ कोठे भवन निर्माण गरी सोमबार हस्तान्तरण गरेका छन्। 

पूर्व ब्रिटिश आर्मी राईले विद्यालयको भौतिक संरचना जीर्ण देखेकाले आफ्नै ठाउँमा केही गरौँ भन्ने भावनाका साथ विद्यालय निर्माण गरेको बताए। राईले भने, ‘मैले स्वास्थ्य संस्था बनाउने विचार गरेको थिएँ, तर स्वास्थ्य चौकी बनिसकेको रहेछ, त्यसपछि विद्यालय भवन जीर्ण देखेपछि शैक्षिक गुणस्तरमा समेत टेवा पुग्ने देखेर भवन निर्माण गरेको हुँ।’ 

७० वर्षका राईले विद्यालय भवन मात्र नभइ विद्यार्थी खेल्ने ठाउँसमेत बनाइदिएका छन्। गाउँपालिकाका अध्यक्ष किरण राईले आफू जन्मे हुर्केको ठाउँमा कृष्णबहादुरले गरेको काम प्रशंसनीय भएको बताए। अध्यक्ष राईले भने, ‘गाउँको विकास गर्नुपर्छ भन्ने भावनाका साथ कृष्णबहादुरले विद्यालयका लागि पक्की भवन बनाएर कीर्ति कायम गर्नुभएको छ।’

नवनिर्मित ६ कोठे पक्की भवन र विद्यालयको खेलमैदानमा नै खेल्ने सामग्री पाउँदा विद्यार्थीसमेत दङ्ग छन्। बसाइँसराइ, जन्मान्तर लगायतका कारण हरेक वर्ष विद्यार्थी घट्दै गएको अवस्थामा गुणस्तरीय शिक्षाका लागि बनेको भवनले मद्दत पुग्ने विद्यालयका प्रधानाध्यापक चन्द्र बोगटीले बताए। नवनिर्मित भवनको पञ्चकन्यासहित निर्माणकर्ता कृष्णबहादुर र गाउँपालिकाका अध्यक्ष राईले सोमबार नै उद्घाटन गरे। 

images
प्रकाशित मिति :पौष १०, २०८० मंगलवार - ०८:५८:०४ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology