Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

युवतीको नक्कली फेसबुक आडी खोली ब्ल्याक मेलिङ गरी ठगी गर्ने तीन जना चितवनमा पक्राउ

युवतीको नक्कली फेसबुक आडी खोली ब्ल्याक मेलिङ गरी ठगी गर्ने तीन जना चितवनमा पक्राउ

images
युवतीको नक्कली फेसबुक आडी खोली ब्ल्याक मेलिङ गरी ठगी गर्ने तीन जना चितवनमा पक्राउ
images

चितवन । सामाजिक सञ्जाल मार्फत ब्लाक मेलिङ गरेर ठगि गर्ने तीन जना चितवनमा पक्राउ परेका छन् । अश्लिल भिडियो तथा फोटो बनाएर सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिदिने धम्की दिँदै पैसा फिरौती माग्ने तीन जनालाई चितवन प्रहरीले बुधवार(हिजो) भरतपुर महानगरपालिका वडा नम्बर–१६बाट पक्राउ गरेको हो ।

पक्राऊ पर्नेमा रत्ननगर नगरपालिका–१३का २० बर्षिय प्रवेश रिमाल, सिराहा स्थित लहान नगरपालिका–१का १९ बर्षिय युनिक सिंह, पोखरा महानगरपालिका–२९का २२ बर्षिय अनुराग घिमिरे रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले अश्लिल भिडियोको आधारमा पैसा माग गर्ने र पैसा नदिएको खण्डमा भिडियो तथा फोटो सार्वजनिक गर्ने धम्की दिँदै आएका थिए । भिडियो कलगरी झुक्काएर गोप्य फोटो तथा भिडियोलाई स्कृन रेकर्ड तथा स्कृन सटगरी सो फोटो तथा भिडियो सार्वजनिक गर्ने भन्दै रकम फिरौती लिँदै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

केटीको फेक फेसबुक अकाउण्ट बनाएर पुरुषसँग विभिन्न समयमा कुराकानी तथा अश्लिल भिडियो तथा फोटो पठाउने गरेको पण्डितले जानकारी दिए । उनीहरुले कास्कीमा बस्ने मानिसहरुलाई समेत ब्याक मेलिङ प्रहरीले बताएको छ ।

उनीहरुले फिरौती लिएको ७६ हजार रुपैयाँ र चार थान मोबाईल समेत बरामद गरेको चिवतन प्रहरीले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :पौष ५, २०८० बिहिवार - २१:३४:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology