Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गीतानगरमा सम्पन्न भिटो एजुकेसन पब्लिक स्पिकिङ्ग च्याम्पियनको बिजेता पन्चकन्या मावि

गीतानगरमा सम्पन्न भिटो एजुकेसन पब्लिक स्पिकिङ्ग च्याम्पियनको बिजेता पन्चकन्या मावि

images
गीतानगरमा सम्पन्न भिटो एजुकेसन पब्लिक स्पिकिङ्ग च्याम्पियनको बिजेता पन्चकन्या मावि
images

भरतपुर । गीतानगरमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा दिब्या शर्मा प्रथम भएकी छिन् । लियो क्लब अफ गीतानगरको आयोजनामा युवा र सामाजिक संजाल विषयमा आयोजित भिटो एजुकेसन पब्लिक स्पिकिङ्ग च्याम्पियनमा रत्ननगरको पन्चकन्या माविकी विद्यार्थी दिब्या शर्मा प्रथम हुदाँ भरतपुरको अमरज्योति ईंग्लिश बोर्डइङ्ग स्कूलकी प्रमिशा घिमिरे दोस्रो र अरोमा ईंग्लिश सेकेन्डरी स्कुलकी अस्मिन काफ्ले तोस्रो भएकी थिईन् । 

शनिबार गीतानगरको अरुणोदय माध्यामिक विद्यालयको सभा हलमा सम्पन्न प्रतियोगितामा २२ विद्यार्थीहरुले सहभागीता जनाएको  क्लबकी अध्यक्ष श्रया सुवेदीले जानकारी दिईन् । उनका अनुसार विजयताहरुलाई प्रमाण पत्र र नगद सहित पुरस्कार प्रदान गरिएको थियो । निर्णायकका रुपमा शिक्षिका मिरा तिमल्सेना र भारतको सम्पूर्णानंद संस्कृत विश्वविद्यालयको ज्योतिष संकायतर्फ स्नातकोत्तर टपर सन्तोष न्यौपाने रहनुभएको थियो । 

क्लबले विद्यार्थीहरुलाई समाजिक संजालको सकारात्मक संदेश प्रदान गर्ने र खराब पक्षको जानकारी गराउने उद्धेश्य सहित प्रतियोगिता आयोजना गरेको क्लबका उपाध्यक्ष शिव शर्मा गौतमले जानकारी दिए । कार्यक्रमको मुख्य प्रायोजकको रुपमा नारायणगढको भिटो एजुकेसन रहेको थियो । 

 

images
प्रकाशित मिति :पौष १, २०८० आइतवार - ०८:१३:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology