भरतपुर । भरतपुर–१५, रामपुरमा तेलले पोलेर १७ महिने बालक घाइते भएका छन् ।
भरतपुर–१५, रामपुरस्थित रामपुर कृषि क्याम्पसको क्वाटरमा बस्ने सन्दिपा श्रेष्ठले आफ्नै छोरा १७ महिनाको साकार श्रेष्ठलाई तेल लगाउने क्रममा अचानक कुकुरले तेल घोप्ट्याई दिँदा बालकको पेटको भागमा तातो तेल पोखिएर पोल्दा पेटको भागको बाहिरी पत्रको छाला उप्किएको प्रहरीले जनाएको छ ।
बालकको उपचारको लागि प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरी टोलीले नयाँ मेडिकल कलेज भरतपुरमा पठाइएको र उपचारमा निजका आमा संलग्न रहेको प्रहरीले जनाएको छ ।