Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाको पाँच तारे होटल गोकर्ण फरेष्टमा आज बिहे, १ हजार जनालाई निम्ता

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाको पाँच तारे होटल गोकर्ण फरेष्टमा आज बिहे, १ हजार जनालाई निम्ता

images

इच्छाकामना न्युज

२९, मंसिर २०८०
प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाको पाँच तारे होटल गोकर्ण फरेष्टमा आज बिहे, १ हजार जनालाई निम्ता
images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठकको आज विवाह हुँदैछ।

विवाह समारोह पाँच तारे होटल गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ। उनको विवाह गोरखाका विज्ञानबाबु रेग्मीसँग हुन लागेको हो।

उनीहरुबीच मंसिर १२ गते टीकाटालो भएको थियो। आजको विवाह समारोहमा १ हजारभन्दा बढीलाई निम्ता गरिएको छ।

प्रतिभाले बेलायतबाट उच्च शिक्षा प्राप्त गरेकी हुन् भने विज्ञान स्वीजरल्याण्डमा बस्दै आएका छन्। उनले अक्सफोर्ड विश्वविद्यालयबाट ‘इकोनोमिक डेभलपमेन्ट’ मा स्नातकोत्तर गरेका छन्।

images
प्रकाशित मिति :मंसिर २९, २०८० शुक्रवार - ०९:२९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology