भरतपुर । मानवअधिकार तथा शान्ति समाज चितवनले दिप प्रज्ज्वलन गरी अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाएको छ । समाजले आज साँझ भरतपुरको चौबिसकोठीमा दिप प्रज्वलन गरी ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस भनाएको हो ।
मानवधिकार तथा शान्ति समाज चितवनका अध्यक्ष शम्भु राउतको सभापतित्वमा सम्पन्न दिप प्रज्वलन कार्यक्रममा समाजका संस्थापक सदस्य कृष्ण कंडेल, केन्द्रीय उपसभापति राजेन्द्र पौडेल, मानवअधिकार संजाल चितवनका अध्यक्ष दिपक लामिछाने, काहु राष्ट्र नेपालका उपाध्यक्ष बिनोद खण्ड तिमिल्सिनाका साथै समाजका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो ।