Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवनको माडीमा भएको मोटरसाइकल दुर्घटनामा परि एकै विद्यालयका शिक्षक र एकाउन्टेन्टको मृत्यु

चितवनको माडीमा भएको मोटरसाइकल दुर्घटनामा परि एकै विद्यालयका शिक्षक र एकाउन्टेन्टको मृत्यु

images

इच्छाकामना न्युज

२४, मंसिर २०८०
चितवनको माडीमा भएको मोटरसाइकल दुर्घटनामा परि एकै विद्यालयका शिक्षक र एकाउन्टेन्टको मृत्यु
images

चितवन । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दुई जनाको मृत्यु भएको छ । शनिवार साँझ ६ बजे माडी नगरपालिका १ बरुवा स्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सुर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । अर्का शिक्षक भवानी प्रसाद पौडेल घाइते हुनुभएको छ ।

तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत हुनुहुन्थ्यो । बेलेरोको ठक्करबाट गम्भिर घाइते हुनुभएका खत्रीको बगौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने अधिकारीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मृतक अधिकारी माडी नगरपालिका १ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका ३ आग्रीगाउँ निवासी हुनुहुन्छ । दुर्घटनामा घाइते स्याङजा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - ०९:२०:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology