Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

पार्टी फुटेको हैन केहि मान्छेहरु बाहिरिएका हुन्ः प्रधानमन्त्री ओली

पार्टी फुटेको हैन केहि मान्छेहरु बाहिरिएका हुन्ः प्रधानमन्त्री ओली

images

इच्छाकामना न्युज

१७, माघ २०७७
पार्टी फुटेको हैन केहि मान्छेहरु बाहिरिएका हुन्ः प्रधानमन्त्री ओली
images

भरतपुर, १७ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा पार्टी फुटेको नभै केहि मान्छेहरु मात्र बाहिरिएको बताएका छन्। चितवनको भरतपुरमा आज ओली पक्षिय नेकपाले आयोजना गरेको आमसभालाई सम्बोन्धन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। सभालाई सम्बोन्धन गर्दै नेकपा पार्टी अझै एक ढिक्का रहेको उनले बताए। 
यस्तै प्रधानमन्त्री ओलीले प्रचण्डलाई लक्षित गर्दै चितवनबाट चुनाव जितेको सांसदले नै राम माडीमा जन्मेको भनेर बोल्न नसकेको बताएका छन्। प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरु विकासको गति देखेर आत्तिनु भएको छ, हामी राम मन्दिर बनाएर छोडिन्छ ।’ उनले यही निर्वाचन क्षेत्रबाट चुनिएका सांसद किन बोल्न सक्दैनन् भनेर प्रतिप्रश्न पनि गरेका छन् । उनले भने, ‘मयुरको प्वाख लाउँदैमा मयुर हुँदैन । उहाँ किन बोल्न सक्नुहुँदैन ।’ उनले रामको मूर्ति निर्माण भइसकेको जनाउँदै सीताको मूर्ती बनिरहेको बताए । उनले भने, ‘अर्को रामनवमीमा भव्य ढंगले शिलान्यास गरिने छ । चितवनको अयोध्यापूरी अब विश्वका हिन्दूहरुको, विश्वका पुरातत्वविद्हरुको पर्यटकीय स्थल हुनेछ ।’ प्रधानमन्त्री ओलीले चितवनमा नदी, पुल र नदीहरुको तटबन्धको व्यवस्थापन गर्ने बताए । उनले भने, ‘चितवन असाधारण सम्भावना बोकेको भूमि हो । वृहत् नयाँ स्वरुपमा विकासलाई अगाडि बढाउने छौ ।’
प्रधानमन्त्री ओलीले जनसभामा चितवनबाट तपाइँहरुले तीन जना सांसद छानेको भन्दै ती छानिएका सांसदहरु आजको सभामा खोई भनेर प्रतिप्रश्न गरे । उनले भने, ‘चितवनका सांसदहरु त्यही भएर छटपटाएर हिड्नु भएको छ । उहाँको उद्देश्य राम्रो छैन । पार्टी ध्वस्त पार्ने , देश सखाप पार्ने मनसाय उहाँहरुको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘अली अली मतपत्र च्यातेर जितेको भए पनि आजको सभामा तपाइँको मेयर खोई भनेर प्रश्न गरे । पिकनिक खान जानु भयो होला ।’ उनले भने, ‘मैले यसमा केही भन्नु छैन । आफ्नो काम गर्दै जानुहुन्छ । हामी देश बनाउने अभियानमा जुटेका छौं । ’ प्रधानमन्त्ती ओलीले आफूले राजमार्ग चौडा बनाउने काम शिलान्यास गर्दा उनीहरु छटपटाइरहेको बताए । उनले भने, ‘सभाहल बन्दा बाटो बन्दा किन पिर परेको छ । चितवन जिल्ला विकासका काममा अगाडि बढिरहेको छ । नारायणीमा सिग्नेचर पुल बन्दै छ । आकर्षक नयाँ पुल बन्दै छ । नारायणी राप्तीमा तटबन्ध बन्दै छ ।’
प्रधानमन्त्री ओलीले माडीलाई ‘मणी’ बनाउँछु भनेको थिए । तर सोही क्षेत्रबाट निर्वाचित सांसद मणी बनाउँछु भनेको विरोध गर्दैमा ठिक भएको बताए ।

images
प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - १९:०५:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology