सुबास दर्नाल, सोलुखुम्बु, १७ माघ । मतानमा आगालागी हुँदा सोलखुुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानमा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टेक प्रसाद निरौलाका नाति अन्दाजी ७ बर्षिय सुगम निरौला र नातिनी ४ बर्षिया सुदिस्मा निरौला रहेका छन् ।
वडा अध्यक्ष भेष कुमार बास्तोलाका अनुसार आज दिउँसो २ बजे बालबालिकाले लाईटर खेलाउने क्रममा मतानमा आगो सल्किदा उनीहरुको मृत्यु भएको हो ।आगो अहिले नियमन्त्रणमा आईसकेको छ भने शवलाई घटनास्थलबाट बाहिर निकालिएको वडा अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरिक्षक महेन्द्र दर्नालको कमाण्डमा प्रहरी प्रस्थान गरेको छ ।