काठमाण्डौ, १७ माघ । भारत सरकार नेपाललाई थप १ सय मेगावाट बिजुली दिन सहमत भएको छ । ऊर्जा सम्बद्ध नेपाल – भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले ढल्केबर मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइन मार्फत थप १ सय मेगावाट बिजुली दिन सहमति जनाएको हो ।
यो लाइनबाट नेपाल विद्युत प्राधिकरणले २५० मेगावाट सम्म बिजुली आयात गरिरहेको छ । अब ४ सय केभीको सो अन्तरदेशीय प्रसारण लाइनबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्न बाटो खुलेको छ । जाडो मौसमका कारण अहिले साँझको सयममा बिजुलीको उच्च माग छ । त्यसलाई धान्न कठीन भएपछि नेपालले थप बिजुली उपलब्ध गराउन भारतसँग प्रस्ताव गरेको थियो ।
हाल सालै नेपालले ढल्केबरमा ४ सय केभीको सबस्टेसन तयार गरेको छ । पर्सि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम पनि छ ।