Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

इच्छाकामनामा पिसाबको हिसाब राख्दै आम्दानी गर्नेहरू बढे 

इच्छाकामनामा पिसाबको हिसाब राख्दै आम्दानी गर्नेहरू बढे 

images

सिआईएन

१७, माघ २०७७
इच्छाकामनामा पिसाबको हिसाब राख्दै आम्दानी गर्नेहरू बढे 
images

विनोद शर्मा, काठमाडौँ, १७ माघ । तपाईँ दिनमा कति लिटर पिसाब गर्नु हुन्छ ? हिसाब निकाल्नु भएको छ ? हरेक दिन हिसाब निकालेर पिसाब सङ्कलन गर्न थाल्नुभयो भने तपाईँको आम्दानी बढछ, राज्यको अर्बौँ रुपैयाँ पनि बचत हुन्छ । 
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ का कुसुम गुरुङ घरबाट काममा निस्किदा आवश्यक बन्दोबस्तीका सबै सामानसँगै, एउटा बोतल अनिवार्य बोक्नु हुन्छ । त्यो बोतल पानी खानका लागि होइन, कतै पिसाब लागि हाल्यो भने सङ्कलन गरेर घर ल्याउनका लागि हो । ‘अहिले हामी वनपाखा जाँदा पनि हामीसँग अनिवार्य एउटा बोतल हुन्छ । हामी बाहिर कतै पिसाब गर्दैनौँ ।’ कुसुमले भन्नुभयो, ‘वनपाखा घाँसदाउरा जाँदा पनि पिसाब आइहाल्यो भने त्यही बोतलमा पिसाब गरेर घरमा ल्याएर राख्छौँ । मैंले कागतीको बिरुवामा एकमहिनाको समयमा दुईपटक प्रयोग गरेको छु ।’ 
गुरुङको घरमा ५ जना सदस्य छन् । ३ जना बालबालिका विद्यालय जान्छन् । हरेकको चिन्ता पिसाब लागि हाल्यो भने कतै खेर जाला कि भन्नेमै हुन्छ । गुरुङ परिवारले प्लास्टिकको ड्रममा दैनिक १० देखि १२ लिटर पिसाब सङ्कलन गर्छ । ‘पहिला त पिसाबलाई छि† भनेर फोहोर भनेर मतलबै गर्दैनथ्यौँ । अहिले त्यही पिसाबलाई मैले आफूलाई भन्दा महŒवमा लिन्छु ।’ उहाँले भन्नुभयो, ‘पिसाब भएपछि युरिया र विषादी प्रयोग गर्न परेन । एक लिटर पिसाबमा ३ देखि १० लिटर पानी मिसाएर प्रयोग गर्दा सिंचाईको पनि काम गर्ने रहेछ ।’ लसुन, आलु, प्याज लगायतमा पानी, मल र विषादीको रूपमा पिसाबलाई प्रयोग गरिरहेको कुसुम गुरुङ बताउनुहुन्छ । कुसुमको घरबाट १५ मिनेटको पैदल दुरीमा रहेको माँझगाउँ माध्यमिक विद्यालयले पनि पिसाब सङ्कलन गर्न थालेको ५ वर्ष हुन लाग्यो । एक सय ४३ जना विद्यार्थीबाट साप्ताहिक रूपमा करिब ५ सय लिटरसम्म पिसाब जम्मा हुन्छ । प्रधानाध्यापक कमल गुरुङका अनुसार त्यही पिसाबलाई मलको रूपमा प्रयोग गरेर विद्यालयले तरकारी खेती गरिरहेको छ । 
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का ज्ञानबहादुर रावतले पनि १० वर्षदेखि पिसाब बैँक सञ्चालन गर्दै आउनु भएको छ । गाउँलेबाट दिनमा ५ सय लिटर पिसाब रावतले प्रति लिटरको एक रुपैँयाँका दरले किन्नुहुन्छ । त्यही पिसाबको हिसाव निकाल्दै ७ कट्ठामा तरकारी खेती गर्दा उहाँले रासायनिक मल किन्ने हजारौँ रुपैयाँ जोगाइरहनु भएको छ । एकजना बयस्क व्यक्तिले एक वर्षमा ५ सय लिटरभन्दा बढी पिसाब गर्न सक्छ । त्यति पिसाबले एक रोपनी जग्गामा वर्षभरि गर्ने खेतीका लागि मल, सिंचाइ र विषादीको काम गर्छ । 
पाँच जनाको परिवारबाट सङ्कलन भएको पिसाबले ५ रोपनी जग्गाका लागि प्रयोग गर्ने रासायनिक मलको खर्च बचत गर्ने मानवमुत्र व्यवस्थापन अभियन्ता श्रीरेन्द्र प्रकाश पोखरेलको दावी छ । कृषि मन्त्रालयका अनुसार नेपालमा वार्षिक १६ अर्बको मल आवश्यक पर्छ । सरकारले मात्रै झण्डै ११ अर्बको मल किन्ने गरेको छ । 
विज्ञहरूका अनुसार एक व्यक्तिले एक वर्षमा गरेको पिसाबमा भएको नाइट्रोजन झण्डै ९ किलो यूरिया मल बराबर हुन्छ । देशभरका ३ करोड २ लाख नागरिकले वर्षभरिमा फेर्ने पिसाबलाई हिसाव गरेर व्यवस्थित तरिकाले सङ्कलन र प्रयोग गर्ने हो भने २७ करोड १८ लाख किलो अर्थात आवश्यक ७ लाख टन मध्ये २ लाख ७१ हजार ८ सय टन बराबरको रासायनिक मलको आयात कम गराउन सकिन्छ । रासायनिक मल किन्नका लागि हरेक वर्ष बाहिरिने नेपालको करिब ६ अर्ब रुपैयाँ पनि बचत गर्न सकिन्छ ।

images
प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - ०९:३५:३६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology