Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

दल दर्ता आह्वान गर्ने तयारीमा निर्वाचन आयोग

दल दर्ता आह्वान गर्ने तयारीमा निर्वाचन आयोग

images

इच्छाकामना न्युज

१७, माघ २०७७
दल दर्ता आह्वान गर्ने तयारीमा निर्वाचन आयोग
images

काठमाण्डौ, १७ माघ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गतेको निर्वाचनका लागि दल दर्ता आह्वान गर्ने तयारी गरेको छ । यसका लागि सकभर सहमति कायम गर्ने प्रयास रहने आयोगले जनाएको छ । निर्वाचन तयारीका बारे नेकपाको दुवै समूहको विचार बुझ्न बोलाएको छलफलमा दुवै समूहले फरकफरक सुझाव दिएका छन् । 
शुक्रबार आयोग कार्यालयमै फरकफरक समयमा भएको छलफलमा प्रचण्ड–माधव समूहले दल दर्ताको लागि केही समय पर्खन भनेको छ भने केपी समूहले दल दर्ता लगायतका निर्वाचन केन्द्रित कार्यक्रमलाई तीव्रता दिन भनेको छ । दुई समूहबाट फरकफरक विचार आएपछि निर्वाचन आयोग शीर्ष तहको अर्को छलफल गर्ने तयारीमा जुटेको छ । 
विहान ठिक साढे ११ बजे नेकपाको प्रचण्ड–माधव समूहको तर्फबाट नेता राजेन्द्र पाण्डेको नेतृत्वमा एउटा टोली निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालयमा पुग्यो । अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल काठमाडौँ आउन समय लाग्ने भएकाले दल दर्ताको प्रक्रिया तत्काल अघि नबढाउन सुझाव लेखिएको पत्र बुझाएर केहीबेरमै टोली बाहिरियो । बाहिरिने क्रममा नेता पाण्डेले आफूहरू बहुमत र नेकपा आधिकारिक रहेको दावी गर्नुभयो । 
आयोगले दलको आधिकारिकता टुङ्ग्याइसकेको भन्दै ओली पक्षले चुनावको बाँकी प्रक्रिया अगाडी बढाउन सुझाव दिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । दुवै समूह विचार तथा सुझाव दिएर फर्किएपछि भएका छलफल र आयोगको प्रतिक्रिया लिन पत्रकारहरूले २ घण्टाभन्दा धेरै कुर्नुप¥यो ।
 आगामी बैशाख १७ गतेका लागि घोषणा गरिएको मध्यावधि निर्वाचन आउन अब ९१ दिनमात्रै बाँकी छ । निर्वाचनको तयारी गर्न आवश्यक समयको चाँजोपाँजो मिलाउने दवावमा रहेको आयोग दुवै समूहबाट फरकफरक विचार आएपछि कसरी छोट्याएर काम अघि बढाउने भन्ने रणनीतिको तयारीमा पनि छ ।  

images
प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - ०९:२९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology