Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्ये ल्हु संघ चितवनले गाउँगाउँमा मातृभाषा र प्ये ताँ ल्हु ताँको प्रशिक्षण अभियान चलाउने

प्ये ल्हु संघ चितवनले गाउँगाउँमा मातृभाषा र प्ये ताँ ल्हु ताँको प्रशिक्षण अभियान चलाउने

इच्छाकामना न्युज

२०, कार्तिक २०८०
प्ये ल्हु संघ चितवनले गाउँगाउँमा मातृभाषा र प्ये ताँ ल्हु ताँको प्रशिक्षण अभियान चलाउने
images

चितवन । गुरुङहरुको धर्मसंस्कार, संस्कृति, रितिरिवाज, भाषा, भेषभुषाको संरक्षण, सम्बद्र्धनका लागि स्थापित संस्था तमू प्ये ल्हु संघ चितवनले जिल्लाका गाउँगाउँमा मातृभाषा र प्ये ताँ ल्हु ताँको बारे प्रशिक्षण अभियान चलाउने भएको छ । शनिबार चितवनमा एक कार्यक्रमको आयोजना गरि संघले आफ्नो भावी योजना सार्वजनिक गर्दै यस्तो अभियान चलाउने जानकारी दिएको हो ।

images
images

399168142_844118124027079_8571269856570172488_n.jpg

आफ्नै मौलिक धर्म संस्कार, संस्कृति, रितिरिवाज, भाषा, भेषभुषा भएको जातीको रुपमा गुरुङ रहेको भएपनि पछिल्लो समय समुदायले यी चिजहरु बिर्सदै गएकोले यसको संरक्षणका लागि अभियान चलाउन लागिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम च्हम्रु तमूले जानकारी दिए । ‘हाम्रो संस्थाको जिल्लामा ३० वटा गाउँइकाई समिति छ, सोही समितिलाई सक्रिय गराई स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी गुरुङ मातृभाषा र प्ये ताँ ल्हु ताँको प्रशिक्षण अभियान चलाउनेछौं’ –उनले भने ।

साथै स्थानीय सरकारसँग समन्वय गरी प्रशिक्षण मार्फत तमू समुदायमा जन्मदेखि मृत्युसम्मको संस्कारमा चाहिने खेगी (धर्मगुरू) उत्पादन गर्ने योजना समेत अघि सारेको प्ये ल्हु संघ चितवनका सचिव चित्र सोल्टी न्हान्सी तमूले बताए ।

368192090_727695259217453_4712828842212019365_n.jpg

राज्यको दमन, धार्मिक अतिक्रमण, पुस्तान्तरणको अभावलगायतका समस्याले दिनानुदिन तमू समुदायको पहिचान र मौलिक संस्कृति हराउने अवस्थामा आइपुगेको हुँदा संस्थागतरुपमै काम गर्नुपर्ने बेला आएको उनले बताए । पछिल्लो समय तमू जातिको भाषा, भेषभूषा, धर्म, संस्कार, संस्कृति तथा चाडपर्व नै लोप हुने अवस्थामा पुगेको हुँदा त्यसलाई जीवित राख्न सम्पूर्ण गुरूङ समुदायलाई जागरूक बनाएर काम गर्ने योजना रहेको उनले बताए ।

तमू समुदायमा वोन धर्मको विषयमा बुझाउन आवश्यक रहेको हुँदा ठाउँठाउँमा प्रचारप्रसार गर्न अन्तत्र्रिmया, गर्नुपर्ने विषय पनि संघको भावी कार्ययोजनामा समावेश गरिएको छ ।

396638817_304576155672128_7001870879417896860_n.jpg

तमू समुदायलाई नेतृत्व तहमा पु¥याउनको लागि क्षमता विकास तथा उद्घोषण तालिम, माङी पर्व मनाउने कार्यलाई पुनः निरन्तरता दिने, समुदायको पहिचान झल्किनेगरी खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने, संस्थामा रहेको अक्षयकोषलाई व्यवस्थित बनाउँदै लैजाने, संघीय संरचनाअनुसार इकाइ गठन गरेर बिउपुँजी उपलब्ध गराउन कोष स्थापना गर्नेजस्ता योजनाले पनि प्राथमिकता पाएको उनले बताए ।

‘एक इकाइ, एक क्होइवो’ निर्माण अभियान सञ्चालन गर्ने, संस्थाको आर्थिक विकासको लागि जन्मदिन तथा विवाहउत्सव जस्ता अवसरमा कोष सञ्चालन गर्नुका साथै तमू धर्मगुरूहरुको सहभागीतामा थेवा त्हे (महायज्ञ) सञ्चालन गर्ने योजना रहेको सचिव तमूले बताए ।

377150248_707222857951134_8594112349407022081_n.jpg

सोही अवसरमा संघले संस्थाका पूर्वअध्यक्ष भीमबहादुर तमूको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति र नौ जना आमन्त्रित सदस्यलाई टीका र मालाले स्वागत गरेको थियो । भने निवर्तमान कार्यसमितिका पदाधिकारीहरुलाई प्रशंसा पत्रले सम्मान गर्दै विदाई गरिएको थियो ।

368778357_7251345738233003_2358534628611331289_n.jpg

images
प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - १०:०४:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology