काठमाण्डौ, १६ माघ । विभागीय टिम त्रिभुवन आर्मीक्लबले राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज रौतहटको चन्द्रपुर नगरपालिकालाई १० – ० ले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो ।
आर्मीको फराकिलो जितमा शर्मिला थापा र रश्मी घिसिङले समान ४÷४ गोल गर्नुभयो । यस्तै विमला चौधरी र सपना लामाले एक एकगोल गर्नुभयो । जितसंगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ४ खेलमा ७ अंकजोडेको छ । चन्द्रपुर ४ खेलमा ३ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।