Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भूकम्प प्रभावितहरु चिसोको मारमा, राहत वितरणमा ढिलाइ

भूकम्प प्रभावितहरु चिसोको मारमा, राहत वितरणमा ढिलाइ

इच्छाकामना न्युज

२०, कार्तिक २०८०
भूकम्प प्रभावितहरु चिसोको मारमा, राहत वितरणमा ढिलाइ
images

काठमाण्डाै ।  भूकम्प प्रभावितहरु चिसोको मारमा पर्न थालेका छन् ।

images
images

गएको शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण  जाजरकोट र रुकुम पश्चिममा धेरै असर परेको छ । शुक्रवार रातिदेखि नै  प्रभावितहरु घर बाहिर छन् । केहीले टेन्ट, त्रिपाल पाए पनि धेरैजसोले नपाएको गुनासो गरेका छन् । यस्तै, ओढ्ने ओछ्यान नहुँदा चिसो भुइँमा पीडितहरुले रात कटाइरहेका छन् ।

चिसोका कारण सुत्केरी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक बढी समस्यामा परेका छन् । भूकम्प  पीडितहरु राहतको पर्खाइमा छन् । खाद्यान्नलगायत राहत नपुग्दा पीडितहरू मर्कामा परेका छन् ।  चिसोमा रात कटाउन उनीहरूलाई मुस्किल परेको छ ।

भूकम्प पीडितहरूका लागि भनेर विभिन्न संघसंस्थाले जाजरकोटमा राहत पुर्याएका छन्  । तर, वितरणमा ढिलाइ भएको छ । पीडित समक्ष छिटोभन्दा छिटो राहत पुर्याउन लागि परेको स्थानीय सरकारले जनाएका छन् ।

जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीले उद्धार र राहतका लागि दिनरात खटिएको बताउनु भएको छ । केही क्षेत्र अति विकटमा रहेकाले राहत पुर्याउन कठिन भएको उहाँले बताउनु भएको छ । क्षतिको तथ्याङ् सङ्कलनमा ढिलाइ हुँदा राहत वितरणमा समस्या भएको उहाँले बताउनुभयो ।

सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ । हिजोको मन्त्रिपरिषद् बैठकले पीडितलाई तनि दिनभित्र राहत पुर्याउन निर्देशन दिएको छ  । यस्तै, भूकम्पमा परेर ज्यान गुमाएकाका परिवारलाई सङ्घ र प्रदेश सरकारबाट दुई–दुई लाख रुपैयाँ तत्काल दिने तयारी भएको छ । भूकम्पबाट १ सय ५७ जनाको ज्यान गएको पुष्टि भएको छ । 

images
प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - ०८:२८:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology