Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्रोत नखुलेको १० लाख ९८ हजार रुपैयाँ सहित सप्तरीमा एक जना पक्राउ

स्रोत नखुलेको १० लाख ९८ हजार रुपैयाँ सहित सप्तरीमा एक जना पक्राउ

इच्छाकामना न्युज

१४, कार्तिक २०८०
स्रोत नखुलेको १० लाख ९८ हजार रुपैयाँ सहित सप्तरीमा एक जना पक्राउ
images

सप्तरी । सप्तरी प्रहरीले स्रोत नखुलेको १० लाख ९८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ बस्ने ३९ वर्षीय जयप्रकाश यादव रहेको प्रहरीले जनाएको छ ।

images
images

आइतबार राति मधेश प्रदेश २–०१–००१ प ०७०८ नम्बरको मोटरसाइकलमा सवार यादवलाई छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ स्थित विष्णुपुर–सखडा नहर सडक खण्डबाट पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा यादवले मोटरसाइकलको सिट कभर भित्र लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको १० लाख ९८ हजार बरामद भएको डीएसपी न्यौपानेले बताए । यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - १०:०६:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology