Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मेस्सीले जिते आठौं पटक बालोन डि’ओर अवार्ड

मेस्सीले जिते आठौं पटक बालोन डि’ओर अवार्ड

इच्छाकामना न्युज

१४, कार्तिक २०८०
मेस्सीले जिते आठौं पटक बालोन डि’ओर अवार्ड
images


एजेन्सी – लियोनल मेस्सीले आठौं पटक विश्वकै प्रतिष्ठित बालोन डि’ओर अवार्ड आफ्नो पक्षमा पारेका छन् । म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालाण्डलाई पछि पार्दै मेस्सीले अवार्ड हात पारेका हुन् । अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका मेस्सीले करियरको आठौं बालोन डी ओर हात पारेका हुन् । मेस्सीपछि रोनाल्डोले सर्वाधिक ५ पटक यो अवार्ड जितेका छन् ।

images
images


 यो मेस्सीको आठौं बालोन डि’ओर हो । यस अगाडि सन् २००९ देखि लगातार २०१०, २०११, २०१२ सम्म तथा २०१५, २०१९ र २०२१ मा यो अवार्ड हात पारेका थिए । गत  डिसेम्बरमा कतारमा भएको विश्वकपको उपाधि अर्जेन्टिनालाई जिताउन महत्वपूर्ण भुमिका खेलेका मेस्सीले हालसम्मकै सबैभन्दा धेरै बालोन डि’ओर अवार्ड प्राप्त गर्ने खेलाडीको सूचिमा आफूलाई उभ्याएका छन् । 

images
प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - ०८:००:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology