Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

तेस्रो मकैसिङ कपको उपाधी डिफेन्डिङ च्याम्पियन चुम्लिङटारलाई

तेस्रो मकैसिङ कपको उपाधी डिफेन्डिङ च्याम्पियन चुम्लिङटारलाई

इच्छाकामना न्युज

१३, कार्तिक २०८०
तेस्रो मकैसिङ कपको उपाधी डिफेन्डिङ च्याम्पियन चुम्लिङटारलाई
images

मकैसिङ्ग । तेस्रो मकैसिङ्ग कप खुला नकआउट फुटबल प्रतियोगिताको २०८० को उपाधि डिफेन्डिङ च्याम्पियन चुम्लिङटार फुटबल क्लबले बाजी मारेको छ । गण्डकी गाउँपालिका १ मकैसिङ गोरखा स्थित टुंडिखेलमा सम्पन्न भएको फाइनल खेलमा चुम्लिङटार क्लबले हरमटारि  क्लबलाइ ३–१ ले  हराउँदै उपाधि हात पारेको हो ।

images
images

विजेता चुम्लिङटारले उपाधिसहित नगद रु एक लाख तिस हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता हरमटारिले   रु सत्तरी हजार प्राप्त गरेको छ।

प्रतियोगिता उत्कृष्ट खेलाडीको रुपमा हुक्काबन नाम्जुङका जर्सी नम्बर ४ का खेलाडी  घोषित भए । सर्वोत्कृष्ट मिडफिल्ड चुम्लिङटारका आकाश थापा मगर त्यस्तै सर्वोत्कृष्ट गोलकिपर हरमटारी फुटबल क्लबका अनिस महतो,सर्बाधिक गोलकर्ता हरमटारी क्लबका कान्छा गुरुङ घोषित भएका छन।

मकैसिङमा दशैको अवसरमा वर्षैदेखि फुटबल प्रतियोगिता हुदै आएको छ । दशैमा फुटब मकैसिङको लागि पहिचान समेत बनिसकेको छ । 

images
प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - २०:५१:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology