काठमाण्डौ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । सहीद सप्ताहको अन्तिम दिन आज लैनचौर स्थित सहीद स्मारकमा ज्ञात अज्ञात शहीद प्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शहीदको बलिदानले नै जनतालाई अधिकार सम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिक रूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र सफल भएको बताउनुभयो । राणाशासन विरुद्ध प्रजातन्त्रका लागि ज्यान अर्पण गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको स्मरणमा शहीद दिवस मनाउने गरिएको छ ।