Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

निर्वाचन आयोगले नेकपाको दुवै समूहसँग १८ गतेपछि छलफल गर्ने 

निर्वाचन आयोगले नेकपाको दुवै समूहसँग १८ गतेपछि छलफल गर्ने 

images

इच्छाकामना न्युज

१६, माघ २०७७
निर्वाचन आयोगले नेकपाको दुवै समूहसँग १८ गतेपछि छलफल गर्ने 
images

काठमाण्डौ, १६ माघ । निर्वाचन आयोगले नेकपाको कुनै समूहलाई पनि आधिकारिता प्रदान नगरेको प्रष्ट पारेको छ । आज दुवै समूहसँग भएको छलफल पछि पत्रकारसँग कुराकानी गर्दै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले दल दर्ता प्रक्रियाका बारेमा दुवै समूहसँग फेरी छलफल गरिने जानकारी दिनुभयो । 
प्रचण्ड नेपाल समूहले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका क्रममा उपत्यका बाहिर रहेको भन्दै १८ गतेसम्म कुर्न र त्यसपछिको उपयुक्त समयमा बोलाउन आग्रह गरेको छ । निर्वाचन आयुक्त पौडेलले ओली समूहका नेताहरुसँग चिया गफ मात्र भएको जानकारी दिनुभयो । 
नेकपाको दुईवटा गुट भए पनि हामीलाई आधिकारिता देउ भनेर दफा ४४ को उपदफा १ अनुसार कुनै पनि गुट आयोगमा नआएको हुनाले आधिकारिकता दिने भन्ने प्रश्न नआएको उहाँको भनाइ छ । दुवै पक्ष राजनीतिक दल सबन्धी ऐनको दफा ५१ अनुसार अभिलेखिकरण गरिदिनु भनेर आएकाले आयोगले त्यसलाई अस्वीकार मात्र गरेको पौडेलले बताउनुभयो । 

images
प्रकाशित मिति :माघ १६, २०७७ शुक्रवार - १८:२४:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology