Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पाल्पामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु, एक गम्भिर घाइते

पाल्पामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु, एक गम्भिर घाइते

इच्छाकामना न्युज

५, कार्तिक २०८०
पाल्पामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु, एक गम्भिर घाइते
images

पाल्पा । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा जीप दुर्घटना हुँदा घटना स्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

images
images

आइतबार अन्दाजी अपराह्न बजेको समयमा जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं. १३ बैकुन्ठेभिरमा रानिमहलबाट तानसेनतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । 

घटनास्थलबाट एक जना पुरुषको सख्त घाइते अवस्थामा उद्धार गरी उपचारको लागी युनाइटेड मिसन अस्पताल पाल्पामा पठाइएको थियो । घाइते रहेका चालक नवलपरासी पूर्व देवचुरी न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ३६ को ईश्वर बहादुर लोहनी रहेका छन् । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिएका छन् ।

दुर्घटनामा परी ३ जना महिला, १ जना पुरुष, २ जना बालक गरी ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा निम्नानुसार छन् । 

१.जिल्ला नवलपरासी पूर्व देवचुली न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ५५ / ६० की पार्बती लोहनी ।
२.जिल्ला लम्जुङ बेसीसहर न.पा. २ भकुण्डे बस्ने वर्ष अन्दाजी ५५ की चुना धिताल ।
३. जिल्ला नवलपरासी पूर्व देवचुली न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ३५ की सबिना धिताल ।
४. जिल्ला नवलपरासी पूर्व देवचुली न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ११ को सबिस लोहनी ।
५. जिल्ला नवलपरासी पूर्व देवचुली न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी २.५ को ईसव लोहनी ।
६. जिल्ला नवलपरासी पूर्व देवचुली न. पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ६५ को कृष्ण बहादुर लोहनी ।

images
प्रकाशित मिति :कार्तिक ५, २०८० आइतवार - २२:२४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology