Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बद्रि केसी निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बद्रि केसी निर्वाचित

images

इच्छाकामना न्युज

३, कार्तिक २०८०
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बद्रि केसी निर्वाचित
images

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बद्रि केसी निर्वाचित भएका छन् । प्रतिस्पर्धीहरू आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।

विजयी केसीले १ हजार ३७८ मत ल्याउँदा उनका प्रतिस्पर्धी शर्माले १ हजार २८१ र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । 

यस्तै, उम्मेदवारी फिर्ता लिएकी रविना थापाले ४७ मत प्राप्त गरिन् ।  

उपाध्यक्षमा विनोद श्रेष्ठ (अस्ट्रेलिया),  हेमराज शर्मा (बेलायत), खगेन्द्र न्यौपाने (मलेसिया), राजु रेग्मी (कतार), रामशरण सिंखडा (बेलायत) र रोविनप्रसाद शेरचन (जापान) निर्वाचित भएका छन् ।

यस्तै, युवा उपाध्यक्षमा रोशन थापा र महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएका छन् भने महासचिवममा गौरीराज जोशीले बाजी मारेका छन् ।

उपमहासचिवमा प्रवीन गुरुङ कतारबाट र सोमनाथ सापकोटा बेलायतबाट निर्वाचित भएका छन् ।

एनआरएनएको अधिवेशन बुधवार काठमाडौंमा शुरू भएको थियो । अब सकिएको छ ।  

images
प्रकाशित मिति :कार्तिक ३, २०८० शुक्रवार - ०७:२२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology