रत्ननगर । रत्ननगर–१६, खेलकुद समितिद्वारा सञ्चालित टोलस्तरीय फुटबल खेलअन्तर्गत बुधबार तेस्रो दिन दोबाटो टोल विकास संस्था र हात्तीगाडे टोल विकास संस्थाबीच भएको खेलमा दोबाटो टोल समूह विजयी भएको छ ।
दोबाटो टोल समूहबाट दिलीप बरुवालले पहिलो हापमा एक गोल गरी म्यान अफ दी म्याच घोषित भए ।
दसैँलक्षित गरी ‘स्वास्थ्यको लागि खेल’ भन्ने नाराका साथ रत्ननगर–१६ मा अन्य विभिन्न खेलहरु पनि खेलाइएको वडाका खेलकुद समितिका अध्यक्ष सुलज मगरले बताए । पहिलो चरणको खेल बिहीबार सकिने र अन्य भाला, सटपुट, म्युजिकल चियर र डोरी तान्ने खेलहरु सञ्चालन भइरहेको उनले बताए ।
फुटबल प्रतियोगिताको फाइनल खेल तथा सम्पूर्ण खेलकुद कार्यक्रमसँगै विजेताहरुलाई सम्मान र पुरस्कार वितरण कार्यक्रम कात्तिक ४ गते फूलपातीको दिन राखिएको रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापाले जानकारी दिए ।