Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एमाले तनहुँका सचिवालय सदस्य एवं आँबुखैरेनीका प्रभावशाली नेतृ मीना अधिकारी माओवादी केन्द्रमा प्रवेश

एमाले तनहुँका सचिवालय सदस्य एवं आँबुखैरेनीका प्रभावशाली नेतृ मीना अधिकारी माओवादी केन्द्रमा प्रवेश

images

इच्छाकामना न्युज

१, कार्तिक २०८०
एमाले तनहुँका सचिवालय सदस्य एवं आँबुखैरेनीका प्रभावशाली नेतृ मीना अधिकारी माओवादी केन्द्रमा प्रवेश
images

आँबुखैरेनी । नेकपा एमाले तनहुँको जिल्ला सचिवालय सदस्य एवं आँबुखैरेनी गाउँकमिटिका पूर्व अध्यक्ष मीना अधिकारी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेतृ अधिकारी काठमाण्डौमा पुगी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गरी आजदेखि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेकपा एमालेबाट पहिलो स्थानीय तह निर्वाचन र दोस्रो स्थानीय तह निर्वाचनमा उपाध्यक्षको उम्मेद्वार भैसकेका उनी एमाले आँबुखैरेनी गाउँकमिटिका पूर्वअध्यक्ष समेत हुन् । पछिल्लो समय एमाले तनहुँको जिल्ला सचिवालय कमिटि सदस्य रहेका अधिकारीको माओवादी केन्द्र प्रवेशले एमाले आँबुखैरेनीलाई राम्रै क्षति पुग्ने देखिन्छ ।

नेतृ अधिकारीलाई माओवादी केन्द्रमा प्रवेश गराउन माओवादी केन्द्रका गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ ‘कुसुम’, जिल्ला सचिव एवं आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान लगायतको टोली काठमाण्डौ पुगेको थियो भने काठमाण्डौमा अध्यक्ष प्रचण्ड सहित केन्द्रीय सचिव देवेन्द्र पौडेलले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

पछिल्लो समय आँबुखैरेनीमा माओवादी केन्द्र प्रवेश गर्नेको लर्को लाग्न थालेको छ भने माओवादी केन्द्रको संगठन बलियो बन्दै गएको छ । 

images
प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - १३:१०:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology