Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बागमती प्रदेशका सांसद र स्वकीय सचिवहरूलाई ८५ लाख दसैँ भत्ता

बागमती प्रदेशका सांसद र स्वकीय सचिवहरूलाई ८५ लाख दसैँ भत्ता

images

इच्छाकामना न्युज

१, कार्तिक २०८०
बागमती प्रदेशका सांसद र स्वकीय सचिवहरूलाई ८५ लाख दसैँ भत्ता
images

बागमती । बागमती प्रदेशका सांसदहरूले एक महिना बराबरको दसैँ भत्ता पाएका छन् । शिक्षकहरूले तलब नपाइरहँदा बागमती प्रदेश संसद् सचिवालयले दसैँ भत्ताबापत सांसद् र उनीहरूका स्वकीयका लागि ८५ लाख रुपैयाँभन्दा बढी रकम उपलब्ध गराएको हो ।

सांसद र स्वकीयलाई ८५ लाख ११ हजार ५ सय ५० रुपैयाँ भत्ताबापत वितरण गरिएको सचिवालयले जानकारी दिएको छ ।

भत्ताबापतको रकम ९५ जना सांसदहरूलाई ४९ लाख ५९ हजार रुपैयाँ र स्वकीय सचिवहरूलाई ३२ लाख ९९ हजार ३ सय ५० रुपैयाँ सम्बन्धित बैंक खातामार्फत दाखिला गरिएको बागमती प्रदेशसभा सचिवालयका लेखाअधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार सभामुख, उपसभामुख र प्रतिपक्षी दलका नेतालाई भत्ताबापत १ लाख ७७ हजार र तीनका स्वकीयहरूलाई १ लाख १२ हजार २ सय २८ रुपैयाँ दसैँ खर्चबापत भत्ता वितरण गरिएको छ ।

प्रदेशका मुख्यमन्त्री एवं ११ जना मन्त्रीहरू र तीनका स्वकीय सचिवहरूको दसैँ भत्ता भने मुख्यमन्त्री कार्यालयबाटै जाने हुँदा प्रदेशसभामा तथ्यांक नहुने लेखा अधिकृत अधिकारीले जानकारी दिए । दसैँ भत्ताबापत सभामुखले ६१ हजार चार सय ५० रुपैयाँ, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेताले ५८ हजार रुपैयाँ, सचेतकहरूले ५४ हजार पाँच सय २० रुपैयाँ र प्रदेशसभा सदस्यले ५२ हजार दुई सय रुपैयाँ दसैँ भत्ता लिएका छन् ।

बागमतीमा हालसम्म संसदीय समितिका सभापतिहरुको टुंगो नलागेको हुँदा सभापतित्व गर्ने ज्येष्ठ सदस्यहरूलाई सांसदकै तलब बराबरको भत्ता दिइएको संसद सचिवालयले जनाएको छ । प्रदेशसभाका सभामुखका स्वकीय सचिवले उपसचिव सरह ४० हजार तीन सय ८० रुपैयाँ, शाखा अधिकृत सरहले ३५ हजार ९ सय ९०, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेताको स्वकीय सचिवले शाखा अधिकृत सरह ३५ हजार ९ सय ९० र बाँकी सांसदहरुको स्वकीय सचिवले नायव सुब्बा सरह ३४ हजार ७ सय ३० रुपैयाँ चाडपर्व भत्ता खर्च शीर्षकमा दसैँभत्ता बुझेका छन् ।

images
प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - ०८:०४:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology