Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

images

इच्छाकामना न्युज

१५, माघ २०७७
त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश
images

काठमाण्डौ, १५ माघ । नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ। आर्मीले आज भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले हरायो। आर्मीले उपाधिका लागि शसस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्ने छ। 
आर्मीविरुद्ध २ सय ३० रनको लक्ष्य पछ्याएको बागमतीले ४० ओभर २ बलमा सबै विकेट गुमाएर एक सय ३५  रन जोड्यो । आर्मीका जितेन्द्र मुखियाले चार तथा  सुसन र विक्रम सोबले तीन तीन विकेट हात पारे । 
यसअघि पहिला ब्याटिङ गरेको आर्मीका लागि राजेश पुलामीले ६५, भीम सार्कीले ४०, विक्रम सोबले ३५ र लोकेश बमले २३ रन बनाए। बागमतीका गौतम केसी एक्लैले पाँच विकेट हात पारे। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउने छ। फाइनल शनिबार त्रिवि क्रिकेट मैदानमा हुने छ।

 

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १९:३५:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology