चितवन । चितवनका चार युवा नेताहरु एमाले चितवन जिल्ला सदस्यमा मनोनित भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) चितवनको १२ औ जिल्ला कमिटी बैठकले शनिबार उनीहरुलाई जिल्ला सदस्यमा मनोनित गरेको हो ।
मनोनित हुनेमा प्रकाश आचार्य, तिलक अधिकारी, सुशील केसी र प्रकाश भट्ट रहेका छन् । आचार्य नेकपा एमाले वडा कमिटीका निवर्तमान अध्यक्ष तथा अनेरास्ववियु चितवनका पूर्वजिल्ला सदस्य हुन् ।
अर्का सदस्य अधिकारी गत निर्वाचनको समयमा समाजवादीबाट एमालेमा प्रवेश गरेका नेता हुन् भने केसी युवा संघको पूर्वजिल्ला संयोजक हुन् । त्यस्तै प्रकाश भट्ट अनेरास्ववियुको स्थायी कमिटी सदस्य भएर काम गरिसकेका युवा नेता हुन् ।