दाने बोहरा, हुम्ला, १५ माघ । हुम्लाका तीनवटा गाउँपालिकामा आजबाट पठनपाठन शुरु भएको छ । कोरोना सङ्क्रमणको त्रासले झण्डै दश महिना देखि बन्द रहेको यहाँका तीनवटा गाउँपालिकाका ७७ वटा विद्यालय आजबाट खुलेका छन् । जिल्लाको सिमकोट, ताँजाकोट, र सर्केगाड गाउँपालिकामा रहेका ७७ विद्यालय सञ्चालनमा आएका हुन् ।
लामो समयदेखि कोरोनाका कारण बन्द भएता पनि यतिखेर भने बन्दाबन्दी खुकुलो भएको र कोरोना सङ्क्रमणको त्रास पनि न्यून हुदै गएपछि तीनवटा गाउँपालिका अन्तरगर्तका निजी तथा सामुदायिक विद्यालय आजबाट सञ्चालनमा आएका हुन् । सिमकोट गाउँपालिकामा रहेका निजी तथा सामुादायिक गरेर २८ वटा विद्यालय सञ्चालनमा आएको गाउँपालिकाले जानकारी दिएको छ ।
झण्डै दश महिना पछि विद्यालयमा विद्यार्थीको उत्साहजन उपस्थित रहेको मानसरोवर माध्यामिक विद्यालयका प्रचार्य अमर बहादुर शाहीले जानकारी दिनुभयो ।यसअघि गाउँपालिकाले विद्यालय शुचारु गर्ने निर्णय गरेपछि आजबाछ विद्यालय सञ्चालनमा आएर विद्यार्थीको उपस्थिती उल्लेखनी रहेको प्रचार्य शाहीले बताउनुभयो । आज पहिलो दिन तीनवटै गाउँपालिकामा रहेका विद्यालयमा पढाई शुरु भएकै दिन ८० भन्दा बढी प्रतिशत विधार्थीको भौतिक उपस्थिति रहेको पाइएको छ ।