मायाटार । नेपाल राष्ट्रिय शिक्षक संगठन इच्छाकामना गाउँकमिटिको बिस्तारीत बैठक इच्छाकामना गाउँपालिका २ स्थित मायाटारमा सम्पन्न भएको छ । नजिकिदै गरेको बडादशैंको शुभकामना आदानप्रदान सहित संगठनको विस्तारित बैठक आज सम्पन्न भएको हो ।
संगठनको गाउँकमिटि अध्यक्ष गोपी सिलवालको अध्यक्षतामा सम्पन्न बैठकको प्रमुख अतिथि इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल रहेको थियो भने विशिष्ट अतिथि संगठनका प्रदेश कमिटि सदस्य ज्ञानुदेवी पाण्डे र संगठनका जिल्ला सदस्य तेजेन्द्र भुषाल रहेका थिए ।
बैठकमा राष्ट्रिय शिक्षक महासंघ इच्छाकामना अध्यक्ष शिव प्रसाद तिमिल्सिना, नेपाल राष्ट्रिय शिक्षक संगठन चितवन जिल्ला सदस्य पदम बहादुर प्रजा लगायत संगठनमा आवद्ध शिक्षकहरुको सहभागीता रहेको थियो ।
यस्तै कार्यक्रममा संगठनमा आवद्ध भएका नयाँ सदस्यहरुलाई स्वागत गरेका थिए । कार्यक्रम संचालन संगठनका सचिव देव कुमार गुरुङले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष सुजन सापकोटाले गरेका थिए ।