Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुरुङ साहित्यिक मञ्चको अध्यक्षमा तेजबहादुर च्हाक्ली गुरुङ सर्वसम्मत

गुरुङ साहित्यिक मञ्चको अध्यक्षमा तेजबहादुर च्हाक्ली गुरुङ सर्वसम्मत

इच्छाकामना न्युज

२७, आश्विन २०८०
गुरुङ साहित्यिक मञ्चको अध्यक्षमा तेजबहादुर च्हाक्ली गुरुङ सर्वसम्मत
images

पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालको तेस्रो अधिवेशनबाट अध्यक्षमा तेजबहादुर च्हाक्ली गुरुङ सर्वसम्मत चयन भएका छन् । पोखरामा शनिबार आयोजित अधिवेशनबाट उपाध्यक्षमा रोशनी गुरुङ, महासचिवमा सम्राट गुरुङ, सचिवमा मिश्र गुरुङ (कोशी प्रदेश संयोजक), कोषाध्यक्षमा जसु गुरुङ, सहकोषाध्यक्षमा छम गुरुङ (वाग्मती प्रदेश संयोजक) चयन भएका हुन् ।

images
images

सदस्यमा आश गुरुङ (गण्डकी प्रदेश संयोजक), प्रतिमा गुरुङ, पवित्रा गुरुङ र सुरज गुरुङ चयन भएका हुन् । बाँकी ३ जना कार्यसमिति सदस्य र दुईवटा प्रदेश संयोजक पहिलो बैठकबाट मनोनीत गरिने संस्थापक अध्यक्ष गौरी गुरुङले बताइन् ।

नवनिर्वाचित कमिटीलाई गुरुङ साहित्यिक मञ्च नेपालकी सल्लाहकार शान्ति गुरुङले पद तथा गोपनियताको शपथग्रहण गराइन् । नवनिर्वाचित अध्यक्ष च्हाक्लीले संस्थालाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मञ्चको कानुनी सल्लाहकार अधिवक्ता जुना गुरुङको संयोजकत्वमा सल्लाहकार शान्ति गुरुङ र आजीवन सदस्य केहरसिंह गुरुङ रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

यसअघि प्रमुख अतिथि गण्डकी विश्व विद्यालयका कुलपति प्रा गणेशमान गुरुङले अधिवेशन उद्घाटन गर्दै साहित्यिक मञ्च नेपालले सम्पूर्ण तमुहरुलाई एकताबद्ध गर्दै साहित्यिक सुझबुझका साथ अगाडि बढ्नु पर्ने बताए । यसरी नै तमू प्ये ल्हु संघ केन्द्रीय समिति अध्यक्ष हितकाजी गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङ र गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)का अध्यक्ष गुन्जबहादुर गुरुङले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा मञ्चको मुखपत्र 'सप्तो', गीतकार तथा कलाकार प्रतिमा गुरुङको 'आमा' गीतिसंग्रह विमोचन गरिएको थियो ।

images
प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - १८:००:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology