Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुर भ्रमणबर्षलाई लक्षित गर्दै उज्यालो टाईम्सको उज्यालो तिहार सांस्कृतिक कार्यक्रम

भरतपुर भ्रमणबर्षलाई लक्षित गर्दै उज्यालो टाईम्सको उज्यालो तिहार सांस्कृतिक कार्यक्रम

इच्छाकामना न्युज

२७, आश्विन २०८०
भरतपुर भ्रमणबर्षलाई लक्षित गर्दै उज्यालो टाईम्सको उज्यालो तिहार सांस्कृतिक कार्यक्रम
images

चितवन । उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाईजिङ्ग प्रालिले तिहारको अवसर पारेर उज्यालो तिहार सांस्कृतिक कार्यक्रम –२०८० गर्ने भएको छ । भरतपुर भ्रमण बर्ष– २०२४लाई लक्षित गर्दै तिहारको अवसर पारेर आउंँदो कार्तिक २४ गते शुक्रबार भरतपुरको सेरेना बुटिक होटलमा उक्त कार्यक्रम गर्न लागेको हो ।

images
images

नेपालका चर्चित कलाकार निशान भट्टराई र नवगायिका बबी रोशा ढकालको बेजोड सांगितिक प्रस्तुती रहने आयोजक संस्था उज्यालो टाईम्सले जानकारी दिएको छ । तिहारको अवसरमा कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने र भरतपुर भ्रमण बर्ष २०२४ लाई प्रर्वद्धन गर्न हामीले यो कार्यक्रम गर्न लागेका हौं । उज्यालो टाईम्स मिडियाका अध्यक्ष राजु भट्टले भन्नुभयो , अर्कोकुरा पत्रकारिता संगै संस्थागत सामाजिक उत्तरदायित्व पनि हो ।’

यसअघि मिडीयाले पत्रकारिता संँगै अन्य सामाजिक कार्यक्रम गर्दै आएको र यस्तो सांस्कृतिक कार्यक्रम पहिलोपटक गर्न लागिएको उहांँले बताउनु भयो । तिहारमा सांगितिक मनोरञ्जनका साथै एकआपसमा सद्भाव भाईचारा र एकताको पनि सन्देश जाने उहांँको भनाई छ । कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुती र नृत्य एकेडेमीको बेजोड प्रस्तुति समेत रहनेछ । कार्यक्रमको लागि करीब ७० प्रतिशत तयारी पुरा भईसकेको कार्यक्रमका संंयोजक राकेशमान श्रेष्ठले जानकारी दिनुभयो ।

’हामी कार्यक्रमका तीब्र तयारीमै छौं , संयोजक श्रेष्ठले भन्नुभयो, कार्यक्रम पूर्ण रुपमा सफल हुनेछ भन्ने विश्वास लिएका छौं ।’ कार्यक्रममा ५ लाख बढी खर्च हुने अनुमान गरिएको उहांँले बताउनु भयो । कार्यक्रमबाट बचेको केही प्रतिशत रकम समाजसेवाका लागि खर्च गरिने श्रेष्ठको भनाई छ ।

images
प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - १०:५२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology