Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सिक्किम बाढीपछि सम्पर्कविहीन इलामका ५ जना ११ दिनपछि परिवारको सम्पर्कमा

सिक्किम बाढीपछि सम्पर्कविहीन इलामका ५ जना ११ दिनपछि परिवारको सम्पर्कमा

images

इच्छाकामना न्युज

२७, आश्विन २०८०
सिक्किम बाढीपछि सम्पर्कविहीन इलामका ५ जना ११ दिनपछि परिवारको सम्पर्कमा
images

काठमाडौै । मजदुरी गर्न भारत सिक्किम गएका इलामका ५ जना ११ दिनपछि परिवारको सम्पर्कमा आएका छन् ।

इलाम नगरपालिका–९ का ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, नरमायाका श्रीमान् २८ वर्षका कुमार बस्नेत र छोरी ९ वर्षीय खुसी बस्नेत सम्पर्कमा आएका छन् ।

यस्तै सोही ठाउँका ४० वर्षीय सेनबहादुर कार्की ‘सानु’ पनि बेपत्ता थिए । उनीहरू सबै सम्पर्कमा आएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए । उनीहरू इलामस्थित घर आज आइपुग्ने सेनबहादुरकी श्रीमती टीकाले बताइन् ।
उनीहरू सिक्किमको लाचेम, थम्बु तथा गोलाखर्कमा निर्माण कार्यमा ज्याला मजदुरीका लागि गएका थिए । गत असोज १७ गते टिस्टा नदीमा आएको बाढी पछि उनीहरू सम्पर्कविहीन थिए ।

उनीहरू बाढीमा बेपत्ता भएको आशंका गरिएको थियो । बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

images
प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - १०:२२:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology