Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

बझाङको छबिसपाथीभरा हत्या प्रकरणमा संलग्न वडा अध्यक्षसहित चार जना सार्बजनिक 

बझाङको छबिसपाथीभरा हत्या प्रकरणमा संलग्न वडा अध्यक्षसहित चार जना सार्बजनिक 

images

सिआईएन

१५, माघ २०७७
बझाङको छबिसपाथीभरा हत्या प्रकरणमा संलग्न वडा अध्यक्षसहित चार जना सार्बजनिक 
images

रिदम सिंह, बझाङ, १५ माघ । बझाङको छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर–३ झडिखेल्लामा खुँडा प्रहार गरि हत्या गरिएका छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर ३का २५ बर्षीय अमृत सिंहको हत्यामा संलग्न चार जनालाई प्रहरीले सर्बजनिक गरेको छ । स्थानीय बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा सिंहको मंगलबार साँझ हत्या गरिएको थियो । 
उक्त क्रियाकलापमा संलग्न रहेको भन्दै प्रहरीले आज वडा अध्यक्षसहित चार जनालाई सार्वजनिक गरेको छ । सिंह हत्याको घटनामा संलग्न रहेका छविस पाथिभेरा गाउँपालिका २ का ३६ बर्षीय विकास ऐडी, सोही ठाँउ घर भएका ३४ बर्षीय प्रकाश ऐडी, ३२ बर्षीया ज्ञान बहादुर कठायत, र ३७ बर्षीय केदारमान ऐडी रहेको प्रहरी नायव उपरिक्षक रुपक खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । विकास ऐडीछविस पाथिभेरा गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष पनि हुन् । 
दिउँसो विद्यालयको निर्वाचन शान्तीपुर्ण तरिकाले भएको बताउँदै प्रहरी नायव उपरिक्षक खड्काले बेलुका फेरि सामान्य विवाद हुँदा धारिलो हतियार प्रयोग गरी चारै जनाले सिहंको हत्या गरेको बताउनुभएको छ । 

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १९:२६:०९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology