Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोरखा चितवन पत्रकार समाज गठन, अध्यक्षमा नविनबाबु मरहट्टा

गोरखा चितवन पत्रकार समाज गठन, अध्यक्षमा नविनबाबु मरहट्टा

images

इच्छाकामना न्युज

२६, आश्विन २०८०
गोरखा चितवन पत्रकार समाज गठन, अध्यक्षमा नविनबाबु मरहट्टा
images

चितवन । पुर्खौली घर गोरखा भई हाल चितवनलाई कार्यक्षेत्र बनाई सञ्चारकर्म गर्ने पत्रकारहरूले गोरखा चितवन पत्रकार समाज गठन गरेका छन् । समाजको अध्यक्षमा नविनबाबु मरहट्टा चयन भएका छन् ।

आज भरतपुरमा भएको समाजको प्रथम अधिवेशनले मरहट्टाको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरेको छ । समाजको उपाध्यक्षमा शान्ता अधिकारी, सचिवमा सनद अधिकारी, कोषाध्यक्षमा लक्ष्मी ढकाल र सहसचिवमा रविलाल भट्टलाई चयन गरेको छ ।

त्यसैगरि सदस्यहरुमा सुनिल पराजुली, सरोज उपरकोटी, रवि रेग्मी, विशाल अम्गाई र निरुता बि.क रहेका छन । अग्रज पत्रकार कृष्णप्रसाद खनालको संयोजकत्व बनेको ३ सदस्यीय निर्वाचन मण्डलले सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

प्रथम अधिवेशन नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नवनिर्वाचित कार्यसमितिलाई पत्रकार महासंघ चितवनका अध्यक्ष अधिकारी र अग्रज पत्रकार तथा गोरखा चितवन समाजका उपाध्यक्ष शान्ता अधिकारीले बधाई तथा शुभकामना दिनुभएको थियो ।

images
प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - २२:०३:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology