Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

नेपालमा भ्रष्टाचार बढ्यो, भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल १ सय १७ औं स्थानमा 

नेपालमा भ्रष्टाचार बढ्यो, भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल १ सय १७ औं स्थानमा 

images

इच्छाकामना न्युज

१५, माघ २०७७
नेपालमा भ्रष्टाचार बढ्यो, भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल १ सय १७ औं स्थानमा 
images

काठमाण्डौ, १५ माघ । नेपालमा भ्रष्टाचार बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२० मा भष्ट्रचारको अवस्थाबारे अध्ययन गरी तयार पारेको प्रतिवेदनअनुसार नेपाल सबैभन्दा बढी भष्ट्रचार हुने देशको सूचीमा ६३ औँ स्थानमा रहेको छ। नेपाल गत वर्ष ६७ औँ स्थानमा रहेको थियो । नेपाललाई एक सय पूर्णाङ्कमा केवल ३३ अंक दिइएको छ। 
सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा सोमालिया र दक्षिण सुडान रहेका छन् । उनीहरुले सय पुर्णाङ्कमा १२ अंक पाएका छन्। भष्ट्रचार हुने देशहरुको सूचीमा नेपाल एक सय १७ औँ स्थानमा छ। गत वर्ष नेपाल एक सय १३ औँ स्थानमा रहेको थियो । 
सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा डेनमार्क र न्यूजिल्यान्ड संयुक्तरुपमा शीर्षस्थानमा छन्। उनीहरुले सय पूर्णाङ्कमा समान ८८ अंक पाएका छन्। प्रतिवेदनअनुसार अध्ययन गरिएका एक सय ८० मुलुकमध्ये दुई तिहाईभन्दा बढी देशले सय पूर्णाङ्कमा ५० भन्दा कम अंक पाएका छन्। 
विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्स र भीडीईएमसमेत गरी ६ वटा संस्थाले गरेका सर्वेक्षणका आधारमा प्रतिवेदन तयार भएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ।नेपालमा भ्रष्टाचार थप मौलाउनुमा राज्यका प्रमुख अङ्गहरुमा निजि स्वार्थहरु हावी हुनु कारण औँल्याइएको छ।

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १९:१८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology