Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

राइनो राइडर्सको वार्षिकोत्सवमा नयाँ सदस्यलाई स्वागत

राइनो राइडर्सको वार्षिकोत्सवमा नयाँ सदस्यलाई स्वागत

images

इच्छाकामना न्युज

२१, आश्विन २०८०
राइनो राइडर्सको वार्षिकोत्सवमा नयाँ सदस्यलाई स्वागत
images

भरतपुर । रोयल राइनो राइडर्स क्लब चितवनले क्लबमा नयाँ सदस्यहरूलाई स्वागत गरेको छ। क्लबको वार्षिकोत्सवको अवसर पारेर १२ जना नयाँ सदस्यहरूलाई क्लबमा स्वागत गरिएको हो। बागमती प्रदेशका सांसद गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा)को प्रमुख आतिथ्यतामा नयाँ सदस्यहरूलाई क्लबमा प्रवेश गराइएको हो। क्लबमा नवप्रवेशीहरूलाई क्लबको ज्याकेटसमेत प्रदान गरिएको थियो।

क्लबका अध्यक्ष अमृत श्रेष्ठका अनुसार क्लबको चिनारी दिलाउनको लागि हरेक सदस्यलाई ज्याकेट प्रदान गर्दै आएको छ। ‘यसपटक हामीले १२ जना सदस्यलाई ज्याकेटसहित स्वागत गर्न सफल भयौँ,’ उनले भने, ‘सुरूसुरूमा रोयल इन्फिल्ठ भनेपछि घर परिवारबाटै साथ सहयोग थिएन। तर, अहिले परिवारले पनि राम्रोसँग बुझ्दै गएको छ।’

समाजमा काम गर्दै जाँदा सकारात्मक प्रभाव परेपछि बल्ल परिवारबाट पनि साथ सहयोग मिल्दै गएको उनको भनाइ छ। क्लबले घुमफिरसँगै सामाजिक कामलाई प्राथमिकतामा राख्दै आएको छ।
 
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सांसद तामाङले आगामी दिनमा सामाजिक काममा पनि जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिए। लागूपदार्थ दुव्र्यसनी विरूद्ध सचेतना कार्यक्रम गर्नु अति नै आवश्यक भइसकेको उनले बताए। ‘त्यसबाहेक वातवारण संरक्षणजस्ता कामलाई पनि क्लबको वार्षिक योजनामा पारेर अगाडि बढ्न मेरो सुझाव छ,’ उनले भने।

कार्यक्रममा नाचगानमार्फत मनोरञ्जनसमेत सञ्चालन भएको थियो। क्लबमार्फत यसअघिका दिनमा वृक्षरोपण, रक्तदान, सरसफाइ, सचेतनामुलक र्‍यालीलगायतका कार्यक्रम आयोजना गर्दै आइरहेको छ। भरतपुर महानगरपालिकाले आयोजना गरेको भ्रमण वर्ष–२०२४ लाई पनि क्लबले विशेष भूमिका खेल्न सक्ने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए। 

images
प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - २२:१०:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology