Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

अवहेलना सम्बन्धी मुद्दामा पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसँग सर्बोच्चले लिखित जवाफ माग्यो 

अवहेलना सम्बन्धी मुद्दामा पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसँग सर्बोच्चले लिखित जवाफ माग्यो 

images

इच्छाकामना न्युज

१५, माघ २०७७
अवहेलना सम्बन्धी मुद्दामा पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसँग सर्बोच्चले लिखित जवाफ माग्यो 
images

काठमाण्डौ, १५ माघ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ४ जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानासँग लिखित जवाफ माग गरेको छ । आज न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले पूर्वप्रधानन्यायाधिस मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख ढुंगानालाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न भनेको हो ।
पूर्वप्रधानन्यायाधीशहरु विरुद्ध अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै अवहेलनाको मुद्दा दर्ता गराउनुभएको थियो । त्यस्तै पूर्वसभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दर्ता गराउनुभएको थियो । ४ पूर्वप्रधानन्यायाधीशले संसद विघटन असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।
त्यस्तै पूर्वसभामुख ढुंगानाले सडकबाट न्यायाधीश तान्ने दिन नआओस् भनी टिप्पणी गर्नुभएको थियो । पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखको टिप्पणीले अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दा प्रभावित गर्न खोजेको निवेदकको जिकिर थियो ।
यसैबीच संसद विघटनको विषयमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको विषयमा आफ्नो धारणा राखेको भन्दै दर्ता भएको अदालतको अवहेलनासम्बन्धी निवेदनको विरोधमा सर्वोच्च अदालतमा अर्को निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अधिवक्ता राजाराम घिमिरे, धनजीत बस्नेत र लोचन भट्टराईको विरोधमा निवेदन दिनुभएको हो । 

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १९:०७:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology