Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

हिन्दु-मुस्लिम विवादः नेपालगञ्जमा फेरि कर्फ्यु जारी

हिन्दु-मुस्लिम विवादः नेपालगञ्जमा फेरि कर्फ्यु जारी

इच्छाकामना न्युज

१९, आश्विन २०८०
हिन्दु-मुस्लिम विवादः नेपालगञ्जमा फेरि कर्फ्यु जारी

काठमाडौं । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर पुनः विवाद उत्पन्न भएपछि बाँकेको नेपालगञ्जमा फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै आजबाट फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो ।

images

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

प्रशासन कार्यालयले जारी गरेको सूचनामा नेपालगन्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका)का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने उल्लेख गरिएको छ ।

यसअघि प्रशासनले बिहीबार बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कर्फ्यु हटाएको थियो । पछिल्लो समय देशका विभिन्न ठाउँमा हिन्दु र मुस्लिम समुदायबीच सद्भाव भड्किने खालका गतिविधि भइरहेका छन् ।

image-32-576x768.png

images
प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - ०८:२६:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology