Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

इच्छाकामनाको भालुमाराका विपन्न परिवारलाई न्यानो कपडा वितरण

इच्छाकामनाको भालुमाराका विपन्न परिवारलाई न्यानो कपडा वितरण

images

इच्छाकामना न्युज

१५, माघ २०७७
इच्छाकामनाको भालुमाराका विपन्न परिवारलाई न्यानो कपडा वितरण
images

चितवन, १४ माघ । भरतपुर हाइट टोल विकास संस्थाले चितवन जिल्लाको ईच्छाकामना गाँउपालिका वडा नं. ७, भालुमाराका विपन्नवर्गलाई न्यानो कपडा वितरण गरेको छ । भालुमारामा रहेको विपन्न ५० घरधुरीलाई प्रति घरधुरी एक ब्ल्याङ्केटकासाथै जाडोको न्यानो कपडा वितरण गरिएको संस्थाका अध्यक्ष शिवराज गिरीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि ईच्छाकामना गाँउपालिका वडा नं. ७ का अध्यक्ष बमबहादुर थापा ‘बिजय’ले विपन्न परिवारले प्राप्त गरेको न्यानो कपडाले यो जाडोमा केही भएपनि राहत मिलेको बताए । संस्थाद्वारा सहयोग गरिएको न्यानो कार्यक्रमको सराहना गर्दै उनले धन्यवाद व्यक्त गरेका थिए ।

संस्थागतरूपमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने परम्परामा एक नयाँ अध्याय थप गर्ने मनसायले विकटमा रहेका विपन्न परिवारलाई सहयोग गरिएको संस्थाका अध्यक्ष गिरीले बताए । सहयोगी सम्पूर्णमा धन्यवाद दिदैँ आगामी दिनहरुमा पनि यस्तो कार्यलाई अभियानको रुपमा निरन्तरता दिने उनको भनाइ थियो ।
उनका अनुसार नयाँ लुगाको साथमा आफ्ना लगाउन योग्य सयौं थान जगेडा लुगाहरू समेत समावेश गरी प्रदान गरिएको हो भने यसले सहयोगमा अझै प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।

पहाडी भेगमा जाडो बढी हुने र त्यस क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु हुने भएकाले टोलवासीको सहयोगमा न्यानो कपडा वितरण गरिएको संयोजक अनिता खनालले बताए ।
कार्यक्रममा संस्थाका इन्दिरा भुषाल, राजेश्वर खनाल, राममाया श्रेष्ठ, सावित्री शर्मा, बिमला बस्ताकोटी र ईच्छाकामना गाउँपालिकाका टेकबहादुर गुरुङ, मानबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १०:३३:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology